सिडर्स चियाबारीका श्रमिकहरूद्वारा आजदेखि आन्दोलन शुरू, प्रबन्धकलाई ज्ञापन

सोनादा: श्रमिकहरूको दैनिक भत्ता हालसम्म नदिएको कारण सिडर्स चियाबारीको दुई वटा डिभिजनका श्रमिकहरूले आजदेखि आन्दोलन शुरु गरेका छन्। सिडर्सको दुईवटा डिभिजनका श्रमिकहरूले दैनिक भत्ताको माग गर्दै आज बिहान कमानका म्यानेजर बङ्लो अघि गेट मिटिङ गरे। उक्त गेट मिटिङको पुरण सुन्दासले सञ्चालन गरेका थिए भने श्रमिकहरूको तर्फबाट आरती राई, पुकार राई, बिमला मोथेले आ-आफ्नो वक्तव्य राखे। कमानको मालिक पक्षले आजसम्म पनि यहाँको चिया कमानमा कार्यरत् श्रमिकहरूको दैनिक भत्ता नदिएको कारण दुईवटा डिभिजनका श्रमिकहरू आजदेखि वाध्य भएर आफ्नो हक र अधिकारको लागि आन्दोलन शुरु गरेको कुरा तिनीहरूले बताए।


आजको गेट मिटिङमा श्रमिकहरूको पक्षबाट जबसम्म मालिक पक्षले जबसम्म दैनिक वेतन दिँदैन तबसम्म आजदेखि चियापत्ती नटिप्ने निर्णय लिएको बताइएको छ। यसको साथै सम्पूर्ण श्रमिकहरूको पक्षबाट सामुहिक रूपमा यसबारे जानकारी गराउनको साथै आफुहरूको माग पुरा गरिदिने निवेदन गर्दै कमानका म्यानेजरलाई एउटा ज्ञापन पत्र पनि दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *