सिडर्स चिया कमानमा श्रमिकहरूद्वारा धरना तथा गेट मिटिङ जारी

सोनादा: सिडर्स चियाकमानको दुवै वटा डिभिजन माथिल्लो अनि तल्लो सिडर्सका चिया श्रमिकहरुले दार्जिलिङ ओर्गेनिक टी कम्पनीले विगत तीन साप्ताहिक खर्च अनि दुई महिनाको तलब नदिए पछि यसको प्रतिवादमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ सङ्गठन हिल तराइ डुवर्स प्लान्टेशन वर्कस युनियन, सिडर्स शाखा समितिले कमानको प्रबन्धक कार्यालय अघि धरना प्रदर्शन जारी राखेको छ। आज चौथो दिनमा पनि गेट मिटिङ साथै धरना प्रदर्शन गरियो भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, खरसाङ महकुमा सचिव प्रणाम रसाइली, उपाध्यक्ष प्रेम कुमार प्रधान, ट्रेड युनियन केन्द्रीय समिति अध्यक्ष जेबी तामाङ, महकुमा सचिव सागर प्रधान, महकुमा उपाध्यक्ष प्रमेश राई, युनियनका प्रतिनिधि रतन छेत्री लगायत रङ्गमुक सिडर्स चियाबारी सिडर्सका सम्पूर्ण चिया श्रमिकहरुको मनोबल बढाउन उपस्थित रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *