सिडर्स उच्चतर माध्यमिक विद्यालयको वार्षिक खेलकुद

सोनादा: सिडर्स उच्चतर माध्यमिक विद्यालयको वार्षिक उत्सव तथा खेलकुद समारोह गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान तथा क्षेत्रीय सभासद राजेश चौहानको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै डेपुटी चेयरम्यान राजेश चौहानले शिक्षाले नै समाजलाई मार्गदर्शन गर्ने गर्दछ भन्दै शिक्षा विनाको समाज आजको समयमा हामी कल्पना समेत गर्न सक्दैनौँ भनि बताए। तिनले अझ भने, यसरी नै सिडर्स उच्च्तर माध्यमिक विद्यालयले विगतदेखि आजसम्म जुन शैक्षिक योगदान दिँदै आएको त्यो उल्लेखनीय तथा प्रशंसनीय छ। यहाँ कार्यरत अवकाश प्राप्त शिक्षक शिक्षिकागण तथा वर्तमान कार्यरत् सम्पूर्ण शिक्षक-शिक्षिकाहरूको महत्वपूर्ण योगदान रहेको सर्वविदित नै छ। शिक्षा जस्तो महत्वपूर्ण विषयमा हामी समाजका हरेक तहका मानिस सजग र सचेत रहन आवश्यक छ। विगतका व्यवस्थामा आसिन प्रतिनिधिको कमजोरीले लथालिङ्ग पारेको व्यवस्थालाई अब हामीले कसरी हुन्छ सम्हालेर लानुछ साथै शैक्षिक गरिमालाई पुन: फर्काइ ल्याउनु छ। यसको निम्ति तपाईं हाम्रो उति कै योगदान रहनुपर्छ। हाम्रा नानीहरू यहाँदेखि टाडा टाडा गएर पढ्नु पर्ने बाध्यतालाई हामीले अब मिलाएर यता नै त्यस्तै शैक्षिक व्यवस्था बनाउनुछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *