सिद्राबुङ्ग हुँदै ओरेन्ज भ्यालीसम्मको सडक निर्माण कार्यको निरीक्षण

दार्जिलिङ: गोरामुमो जनचेतना संघर्ष समितिले आर्य चियाबारी अन्तर्गत सिद्राबुङ्ग हुँदै ओरेन्ज भ्याली चियाबारीसम्मको सडक निर्माण कार्यको निरीक्षण गऱ्यो। केन्द्र सरकारको योजना आरआईडीएफ-को योजना अन्तर्गत बनिएको उक्त सडक जीटीएको इन्जिनियरिङ्ग विभागको रेखदेखमा दिब्य ज्योति कन्स्ट्रक्सनले गरेको काम सही ढङ्गले नभएको आरोप लगाएर जनताले गरेको अपिल अनुसार गोरामुमो जनचेतना संघर्ष समितिले निरीक्षण गरेका बताइएको छ।


उक्त सड़कको अवस्था अतिनै खराब रहेकोबारे पत्रकारहरु गोरामुमो जनचेतना संघर्ष समितिका अध्यक्षा मन्जिला तामाङ अनि सचिवा रन्जिता सुब्बाले जानकारी दिएका छन्। आज निरीक्षण गर्ने गोरामुमो जनचेतना संघर्ष समितिको प्रतिनिधि टोलीमा मन्जिला तामाङ, रन्जिता सुब्बा, अमृता छेत्री, इशिका मंग्राति, देवराज तामाङ, बसु तामाङ आदि उपस्थित थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *