सैगुनको काठसहित 4 जना पक्राउ

सिलगढी : बैकुण्ठपुर वन विभागको सालुगढा रेञ्जका वनकर्मीहरूले चोरी गरेको सैगुनको काठसहित 4 जना व्यक्तिलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा रेञ्जर सञ्जय दत्तको नेतृत्वमा फुलबारी घोषपुकुर बाइपास इलाकामा आज बिहानै अभियान चलाउँदा एउटा पिकअप भ्यानमा परालले छोपेर लगिरहेको काठ उद्धार गरेको छ।


जानकारी अनुसार उक्त जफत गरेको काठको मूल्य लगभग 5 लाख रुपियाँ रहेको छ भने पुलिसले पिकअप भ्यान, स्करपिओ सहित 4 जनालाई पक्राउ गरेको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार उक्त काठ गयेरकाटादेखि बिहार लैजाने उद्देश्यले लगिरहेको थियो। वन विभागले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *