सिकार गरेर जङ्गली जनावरहरूको मासु बजारमा खुल्ला बिक्री गरेको आरोपमा 1 जना पक्राउ

सिलगढी : विभिन्न जङ्गलहरूबाट जङ्गली जनावरहरूको सिकार गरेर काँचो मासु बजार लगायत विभिन्न ठाउँहरूमा खुल्ला रूपमा बेचिरहेको थियो। अन्ततः बैकुण्ठपुर डिभीजन अन्तर्गत डाबग्राम रेञ्जका वनकर्मीहरूले एकजना सिकारीलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। वन विभाग सूत्रले दिएको जानकारी अनुसार धेरै समय अघिदेखि जङ्गली जनावरहरूको सिकार गरेर त्यसको मासु बजार सहित विभिन्न ठाउँहरूमा बेच्ने गरेको खबर पाएपछि वन विभागले घटनाको जाँच शुरू गरेको थियो। यसै बीच आज बिहान गोप्य सूचनाको आधारमा वन विभागको 13 जनाको एउटा टोलीले बैकुण्ठपुर डिभीजनको विभिन्न इलाकाहरूमा  अभियान चलाएर वन कर्मीहरूले नेपाली बस्तीबाट कृष्ण कुमार छेत्रीलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिबाट एउटा बन्दुक, दुईवटा धनु-काँड, दुईवटा खुकुरी लगायत मयुर र कछुवाको खपेटा पनि उद्धार गरेको छ। यस सम्बन्धमा बैकुण्ठपुर डिभीजनका एडीएफओ जयन्त मण्डलले भने, सूचनाको आधारमा वन विभागको 13 जनाको एउटा टोलीले अभियान चलाएर एकजना व्यक्तिलाई पक्राउ गरेको छ। यसको साथै सिकार गर्दा प्रयोग गरिने हतियारहरू पनि उद्धार गरिएको छ। घटनाको जाँच शुरू गरेको तिनले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *