शिकारपुर चियाकमानमा आवश्यकमन्द श्रमिकहरूलाई कम्बल तथा मच्छरदानी वितरण

राजगञ्ज : जलपाईगढी जिल्ला पुलिसको पहलमा बेलाकोवामा कम्बल तथा मच्छरदानी वितरण गरियो। बेलाकोवा आउटपोस्ट पुलिसको सञ्चालनमा आज राजगञ्ज ब्लक अन्तर्गत पर्ने बेलाकोवाको शिकारपुर चियाकमानका 150 जना आवश्यकमन्द श्रमिकहरूलाई कम्बल तथा मच्छरदानी वितरण गरियो। यस अवसरमा जलपाईगढी जिल्ला परिषद्का सभाधिपति उत्तरा बर्मन, राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज पञ्चायत समितिका सभापति पुर्णिमा राय, राजगञ्ज थानाका आईसी पंकज सरकार, बेलाकोवा आउटपोस्टका ओसी बुद्धदेव घोष लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *