शिक्षाविद तथा समाजसेवी बसन्त कुमार राईलाई नालीचाउर भेटेरियन क्लब अनि रियल रंगमुक क्लबद्वारा संवर्द्धना

सोनादा : मैले जीवनको यतिका दिनहरू साहित्य, शिक्षा समाजसेवा क्षेत्रमा बिताएको थिए भन्ने बल्ल महसुस गरिरहेको छु। कारण म कतिपय पुरस्कारहरूद्वारा सम्मानित भए तर आज आफ्नो गाउँ घरका युवा भाइ-बहिनीहरूले त्यसको मुल्याङ्कन गरिदिए। नालीचाउर भ्याटेरियन क्लब अनि रियल रंगमुक क्लबले जुन सम्मान आज मलाई दियो, आज मात्र मैले  साच्चै लाइफ टाइम एचिभमेन्ट पुरस्कार पाए। यो मेरो जीवनको सबैभन्दा ठूलो पुरस्कार हो भनी नालीचाउर भेटेरियन क्लब अनि रियल रंगमुक क्लबद्वारा गरिएको सम्मान एवं सम्वर्द्धना कार्यक्रममा बोल्दै वर्ष 2021 शिवकुमार राई स्मृति पुरस्कारले सम्मानित बरिष्ठ साहित्यकार, शिक्षाविद, समाजसेवी बसन्त कुमार राईले उक्त मन्तब्य पोखेका हुन् । यस अवसरमा तिनी केही भावुक पनि देखिए। जीवनको यतिका लामो साधनापछि शिवकुमार राई स्मृति पुरस्कार जस्तो सम्मानले सम्मानित भए पनि आफ्नै क्षेत्रबाट कुनै सकारात्मक प्रतिक्रिया नहुनु तथा आफ्नै समकक्षीहरूद्वारा बेखबर हुनुको पिढा थियो सायद। नेपाली साहित्यमा विशिष्ट स्थानमा रहेका साहित्यकार बसन्त कुमार राई साहित्यसितै शिक्षा र समाजसेवामा पनि एक युगका अध्याय हुन्। शान्तिरानी उच्चत्तर माध्यमिक बिद्यालयमा अध्यापन सेवामा रहेका राईले यसै क्षेत्रका कैयौं साहित्यकार , संगीतकार र प्रतिभाहरू जन्माए। तिनले दिएका शिक्षाद्वारा कतिपय ठूला पदहरूमा रहे । बसन्त सर सबैको निम्ति एक रोल मोडल पनि हुन् । आफ्नो अवकाशपछि पनि तिनले जीवनलाई थकाएर थाकेनन् तर निरन्तर शैक्षिक सेवा र साहित्यलाई निरन्तरता दिइरहे। नालीचाउर भेटेरियन क्लब  अनि  रियल रंगमुक क्लबले यही मन्तब्य राख्दै सम्मान कार्यक्रम सम्पन्न गर्यो। सम्मान कार्यक्रममा शिवकुमार राई स्मृति पुरस्कार  प्राप्त साहित्यकार बसन्त कुमार राईलाई दोसल्ला ओडाएर सम्वर्द्धना पत्रसहित स्मृति चिन्ह प्रदान गरे भने नालीचाउर भेटेरन क्लब अनि  रियल रंगमुक क्लबले तिनीबाट आशिर्वाद लिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *