शिक्षकहरूको तनखाबाट संग्रहित रूपियाँबाट खाद्य सामग्री वितरण

दार्जिलिङ : कोरोना भाइरसको संक्रमणको अवधि जोरबङ्ग्लो सुकिया खण्ड अन्तर्गत छोटा पुबोङ माध्यमिक शिक्षा केन्द्रका शिक्षक-शिक्षिकाहरुको तनखाबाट संग्रहित गरिएको राशीले छोटा पुबोङ गोदाम धुरा, कुलुङपाखा तथा पुसिमबेङ गोदामधुराका केही परिवारहरूलाई आवश्यक खाद्य सामग्री वितरण गरियो। वितरण कार्यक्रममा समाजसेवी राजेश निरौला, नव ग्राम सेवक समाजका शैलेस तामाङ, इन्द्रेणी समाज कुलुङ शाखाका संगम राई, शिक्षक नकुल थापा, पवन देवान आदिको बिशेष उपस्तिथि रहेको थियो। यस अवसरमा बढ्दो कोरोना महामारीको बिषयमा सबैजना सचेत रहनु पर्ने तथा दिन प्रतिदिन पहाडमा भाइरस संक्रमितहरूको संख्या बढ़िरहेकोमा चिन्ता व्यक्त गर्दै सबैले यसको रोकथामको निम्ती सतर्कता अप्नाउनु पर्ने शिक्षक प्रभारी छत्र सिङ निरौलाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *