शिक्षकहरू ट्रान्सफर लिएर अन्यत्र गइरहेकोले विद्यार्थीहरूको भविष्यलाई लिएर अभिभावकहरू चिन्तित

राजगञ्ज : शिक्षकहरूले ट्रान्सफर लिएर अन्यत्र गइरहेकोले स्कुलमा विद्यार्थीहरूको तुलनामा शिक्षकहरूको कमी रहेको छ। यसले गर्दा विद्यार्थीहरू लगायत स्कुलको पनि भविष्य अन्धकारमय हुने आरोप लगाउँदै आक्रोशित अभिभावकहरूले स्कुलका प्रधानाध्यापकसित भेट गरे। राजगञ्जको सुखानी भोलापाड़ा हाई मदरसा स्कुलमा 1025 जना विद्यार्थीहरू छन् भने उक्त स्कुलमा हाल स्थायी शिक्षकहरूको संख्या 11 रहेको छ। स्कुल सूत्रले दिएको जानकारी अनुसार विद्यार्थीहरूको संख्याको अनुपातमा स्कुलमा 36 जना स्थायी शिक्षक हुनु उचित हो तर उक्त स्कुलमा केवल 22 जना शिक्षकहरू छन्। हालै 8 जना शिक्षकहरूले ट्रान्सफर लिएर गएका छन् भने अन्य 3 जना शिक्षकले ट्रान्सफरको स्वीकृति पाएका छन्। मुस्लिम अली नामक एकजना अभिभावकले भने, गरिब परिवारका नानीहरू उक्त स्कुलमा पढ्ने गर्दछन्। हाल उक्त स्कुलका शिक्षकहरूले ट्रान्सफर लिएर अन्य ठाउँमा गइरहेकोले गर्दा नानीहरूको भविष्यलाई लिएर निक्कै चिन्तित छौँ। गरिब परिवारहरूसित आफ्ना छोरा-छोरीलाई बाहिरको स्कुलमा पढ्न पठाउनको लागि आर्थिक क्षमता छैन। उक्त स्कुलमा शिक्षकहरू ट्रान्सफर लिएर आउन नचाहेको अभिभावकहरूले बताए। अर्कोतिर, स्कुलका प्रधानाध्यापक अलिउल इस्लामले भने, सरकारी नियम अनुसार कुनै पनि शिक्षकहरूले ट्रान्सफर लिएर जान सक्ने भएकोले तिनीहरूलाई रोक्ने कुनै उपाय छैन। तथापि, यसले गर्दा विद्यार्थीहरूको पढाईमा कुनै प्रकारको प्रभाव नपरोस् भन्ने प्रयास गरिँदैछ। यसको साथै उच्च अधिकारीहरूलाई पनि उक्त स्कुलमा शिक्षक उपलब्ध गराउनेबारे अवगत गराइसकेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahiscashwin girişgrandpashabetgrandpashabetgrandpashabet girişbettilt girişcasibompusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes