शिक्षक मनी कुमार लामाद्वारा स्वप्ना मुण्डा र सागुन हासदालाई सम्वर्द्धना

सिलगढी :  शिक्षक मनी कुमार लामाले आज आदिवासी समुदायका दुईजना उज्ज्वल प्रतिभाहरूलाई सम्वर्द्धना जनाए। आदिवासी समुदायका दुईजना विद्यार्थी स्वप्ना मुण्डा र सागुन हासदाले शिक्षाको क्षेत्रमा एउटा उदाहरण पेश गरेको छ। यी दुवै विद्यार्थी नक्सलबार र खोरीबारी निवासी हुन्। नेट परीक्षामा उत्कृष्ट अङ्क ल्याएर दुवैले उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा  डाक्टरीको पढ़ाई गर्ने अवसर प्राप्त गरेको छ। खोरीबारी हाई स्कुलका पूर्व छात्र तथा सिलगढी कवि सुकान्त हाई स्कुलका शिक्षक मनी कुमार लामा आज यी दुवै विद्यार्थीको घरमा पुगेर तिनीहरूलाई सम्वर्द्धना जनाए। यसको साथै भविष्यमा सहयोग गर्ने तिनले आश्वासन पनि दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *