शिक्षक नियुक्तिमा घोटालाको आरोपमा उत्तरबंग विश्वविद्यालयका उप-कुलपति सुबिरेस भट्टाचार्य सीबीआई-द्वारा पक्राउ

सिलगढी : शिक्षक नियुक्तिमा घोटाला गरेको आरोपमा एसएससी-का पूर्व चेयरम्यान तथा हाल उत्तरबंग विश्वविद्यालयका उप-कुलपति सुबिरेस भट्टाचार्यलाई सीबीआई-ले आज पक्राउ गरेको छ। शिक्षक नियुक्ति घोटालामा सुबिरेस भट्टाचार्य पनि संलग्न रहेकोबारे आंशकापछि सीबीआई-ले तिनीसित सोधखोज गरिरहेको थियो। भ्रष्टाचार मामिलाबारे केही दिन अघि पनि सीबीआई उत्तरबंग विश्वविद्यालयमा आएर सुबिरेस भट्टाचार्यको आवास र कार्यालयको छानबीन गरेको थियो भने तिनको कोलकातास्थित बासद्रोणीको फ्ल्याट पनि सीबीआई-ले सिल गरिदिएको छ। सीबीआई-ले छानबीन गरेपछि अन्ततः आज सुबिरेस भट्टाचार्यलाई पक्राउ गरेको छ। स्मरण रहोस्, यसभन्दा अघि पनि शिक्षक नियुक्ति घोटाला मामिलामा स्कुल सर्भिस कमिश्नरका पूर्व सल्लाहकार समिति सदस्य शान्तिप्रसाद सिन्हा र अशोक साहालाई सीबीआई-ले पक्राउ गरिसकेको छ। यस मामिलामा मध्य शिक्षा परिषदका पूर्व अध्यक्ष कल्याणमय गङ्गोपाध्याय पनि पक्रा परिसकेका छन्। यसको साथै पूर्व शिक्षा मन्त्री पार्थ च्याटर्जीलाई अगावै सीबीआई-ले पक्राउ गरेर हिरासतमा लिएर सोधखोज गरिरहेको छ। पक्रा परेका उत्तरबंग विश्वविद्यालयका उप-कुलपति सुबिरेस भट्टाचार्य विगत 2014-18 सम्म एसएससी-का चेयरम्यान पदमा नियुक्त थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *