शिक्षक तथा समाजसेवी सोमनाथ शर्मा पाँचौँ जनकल्याण विशिष्ट सम्मानले सम्मानित

कालेबुङ : कालेबुङ जनकल्याण संघको 28औँ स्थापना दिवसको अवसरमा एउटा कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा शिक्षक तथा समाजसेवी सोमनाथ शर्मालाई पाँचौँ जनकल्याण विशिष्ट सम्मानले सम्मान जनाइयो।


संघका उपाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गणेश हाई स्कुलका प्रधान अध्यापक आरपी तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए भने अन्य अतिथिहरूमा पीआरओ अनुप छेत्री, सभासद सुमन गुरुङ, भुवन पी खनाल, भुवन नेपाल, टीबी बस्नेत, दीपिका छेत्री लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। संस्थापक अध्यक्ष सीपी भण्डारीको तस्विर अघि द्वीप प्रज्ज्वलन गरेपछि शरू गरिएको कार्यक्रमलाई अध्यक्ष सुनिल काफ्लेले सञ्चालन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *