शिक्षा मन्त्रीले गरे विश्वविद्यालय एवम् कलेजका प्राध्यापकहरूसित बैठक

सिलगढी : उत्तर बङ्गालका विभिन्न विश्वविद्यालय एवम् कलेजका प्राध्यापकहरूलाई लिएर राज्यका शिक्षा मन्त्री पार्थ च्याटर्जीले उत्तरकन्यामा एउटा बैठक गरे। उक्त बैठकमा राज्यका पर्यटन मन्त्री गौतम देव, उत्तरबंगाल विकास मन्त्री रवीन्द्रनाथ घोषलगायत अन्य उपस्थित थिए। उक्त बैठकमा विश्वविद्यालय लगायत कलेजका विभिन्न समस्याहरूबारे चर्चा-परिचर्चा गरियो। बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै तिनले प्रत्येक कलेजका प्राध्यापकसँग कुराकानी गर्नको साथै तिनीहरूको विविध समस्याहरू सुनेको बताए। यसको साथै कलेजमा अधिक संख्यामा विद्यार्थीहरूको भर्ना नलिइने तथा तिनीहरूलाई अन्य कलेजमा पठाउने कलेजका प्राध्यापकहरूलाई निर्देश दिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *