शिक्षण संस्थाहरू खोलिनु पर्ने माग गर्दै अल बङ्गाल सेभ एडुकेसन कमिटीद्वारा राजगञ्जमा धरना प्रदर्शन

राजगञ्ज: स्कूल कलेजसहित सबै शिक्षण संस्थाहरू खोलिनु पर्ने माग गर्दै अल बङ्गाल सेभ एडुकेसन कमिटीले आज धरना प्रदर्शन गऱ्यो। कमिटीका सदस्यहरूले आज राजगञ्ज बजारमा प्ला कार्ड बोकेर नाराबाजी गर्दै धरना प्रदर्शन गरे। यस अवसरमा अल बङ्गाल सेभ एडुकेसन कमिटीका सदस्य उदर रायले बताए अनुसार सबै शिक्षक संस्थाहरू खोलिनु पर्ने मागलाई लिएर कमिटीको तर्फबाट हाल राज्यभरिमैं विरोध प्रदर्शन गरिरहेको छ। सबै शिक्षण संस्थानहरू स्वास्थ्य सम्बन्धी नियमहरूलाई पालन गरेर खोलिनु पर्ने तिनले सरकार समक्ष माग गरे। यदि उक्त माग राज्य सरकारले पुरा नगरे अल बङ्गाल सेभ एडुकेसन कमिटीको तर्फबाट आगामी दिनमा वृहत आन्दोलन गर्ने पनि तिनले चेतावनी दिएका छन्।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *