शिक्षा रत्न पुरस्कार प्रापक शिक्षक कल्याण कुमार तामाङलाई विद्यालय पक्षबाट सम्मान

सोनादा : शिक्षा रत्न पुरस्कार प्रापक सोनादा उच्चत्तर माध्यमिक विद्यालयका प्रधान अध्यापक कल्याण कुमार तामाङलाई विद्यालयको पक्षबाट सम्बर्द्धना जनाइयो। प्रधान अध्यापक कल्याण कुमार तामाङले शिक्षा रत्न पुरस्कार दार्जिलिङमा गत 5 सेप्टेम्बरको दिन ग्रहण गरेका थिए भने यता, सोनादा उच्चतर माध्यमिक विद्यालयको शिक्षक शिक्षिकाहरूले उक्त शिक्षा रत्न पुरस्कार प्रापक स्कूलको प्रधान अध्यापक कल्याण कुमार तामाङलाई एउटा कार्यक्रमको आयोजना गरेर सम्वर्द्धना जनाए। यस अवसरमा सोनादा उच्चत्तर माध्यमिक विद्यालयको पक्षबाट सोनादा क्षेत्रका पत्रकारहरूलाई पनि सम्मान गरियो। यस कार्यक्रममा विद्यालयमा अध्ययनरत् विपन्न परिवारको 13 जना विद्यार्थीहरूलाई अनलाइन क्लासको लागि एन्ड्रोइट फोन प्रदान गरियो।


उक्त फोन शिक्षक-शिक्षिकाहरूद्वारा सर्वेक्षण गरेर एकदमै विपन्न परिवारका नानीहरूलाई प्रदान गरिएको जानकारी प्राप्त भएको छ। यस कार्यक्रमलाई शिक्षक नरेश कटुवालले सञ्चालन गरेका थिए। कार्यक्रममा आफुलाई सम्मान गरिएकोमा प्रधान अध्यापक कल्याण कुमार तामाङले आफ्नो सम्बोधनमा भने, शिक्षा रत्न पुरस्कार मैले मात्र पाएको होइन तर स्कूलको सबै शिक्षक-शिक्षिकाहरूको मेहनत परिश्रमको फल हो।तिनले स्कूलको सबै शिक्षक शिक्षिकाहरूलाई भेला गराएर सम्मान दिनु सोचेको थिए तर उहाँहरूले मलाई नै सम्मान दिनु भयो, म धेरै खुशी भए। हामी सबै मिलेर स्कूलको उन्नति र प्रगतिको लागि कार्य गर्नु पर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *