शिक्षित बेरोजगार युवाहरूलाई एसएसबी-द्वारा बाइक रिप्यारिङ गर्ने प्रशिक्षण

पानीघट्टा: भारत नेपाल सीमावर्ती क्षेत्रमा रहेका शिक्षित बेरोजगार युवाहरूलाई सीमामा रहेको सशस्त्र सीमा बल (एसएसबी)-ले विभिन्न तालिम दिँदै आइरहेको छ। यसरी नै लोहागढ एसएसबी हेडक्वार्टरको आयोजनामा आजदेखि बेलगाछी सार्वजनिक भवनमा बेरोजगार शिक्षित युवाहरूलाई बाइक रिप्यारिङ गर्ने तालिम शुरू गरेको छ। एसएसबी आठ बटालाइनका कमान्डेन अफिसर मित्तल कुमार साथै सह कमान्डेन सन्तोष चन्द्रको उपस्थितिमा 50 जना भन्दा अधिक युवाहरूले तालिम लिए। यो तालिम आजदेखि शुरू भएर 16 फरवरीसम्म चल्ने सन्तोष चन्द्रले जनाएका छन। युवाहरूलाई तालिम गराउनुको मूल उद्देश्य तिनीहरू बेरोजगार भएर बस्न नपरोस् भन्ने उद्देश्य रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *