शिक्षित समुदाय र युवाहरू पहाड़को राजनीतिमा आओस् भन्ने हाम्रो उद्देश्य छ: अनित थापा

दार्जिलिङ: दार्जिलिङमा नयाँ राजनैतिक पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको गठनपछि पत्रकारहरुसित कुराकानी गर्दै अनित थापाले विगत एक डेढ़ महिना अघिदेखि नयाँ समीकरणको लागि कार्य भइरहे अनुसार नै आज नयाँ पार्टीको घोषणा गरिएको बताए। तिनले हामी शिक्षित समुदाय र युवाहरू पनि पहाड़को राजनीतिमा आवोस् भन्ने हाम्रो उद्देश्य हो भन्दै हामी सबैसित मिलेर कार्य गर्न चाहान्छौं कारण पहाड़को समस्या समाधानको लागि सरकारसित मिलेर कार्य गर्नु आवश्यक रहेको पनि तिनले बताएका छन्। पत्रकारहरूले सोधेका प्रश्नहरूका उत्तर दिँदै अनित थापाले भने, हामी पहाड़को समस्या समाधानको लागि एक टीम अनि गोर्खाहरूको समस्या समाधानको लागि अर्को टीम बनाएर कार्य गर्नेछौ। गोर्खाल्याण्ड हाम्रो आमा जस्तै हो र गोर्खाल्याण्ड शब्दलाई भोटको बजारमा निलामी गर्दैनौं। अनित थापाको अगुवाईमा आज खोलिएको नयाँ पार्टीको केन्द्रीय समितिको आगामी आइतबार सभा बसेर पदाधिकारीवर्ग चयन गर्ने पनि तिनले बताए । गोजमुमोद्वारा झण्डा शुध्दीकरण गरिएको विषयमा कुनै टीका टिप्पणी गर्दिन भन्दै अनित थापाले म अरुको विषयमा टिप्पणी गर्दिन बरु हामी काम गर्दै जाने हो भनी बताए। तिनले हामी विभिन्न क्षेत्रका एक्सपर्टहरूलाई लिएर कार्य गर्नेछौं भनी बताए। तिनले जीटीए चुनाउ विषयमा सोधेका प्रश्नको उत्तर दिँदै लोकतन्त्रमा चुनाउ हुन अति आवश्यक छ र हामी सबै प्रकारको चुनाउलाई स्वागत गर्दछौं भनी बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *