शिखा च्याटर्जीद्वारा विधायक कोषबाट आवश्यकमन्द मानिसहरूलाई नयाँ लुगाफाटा वितरण

सिलगढी : डाबग्राम-फुलबारीका भाजपा विधायक शिखा च्याटर्जीले आज सिलगढी नगरनिगमको वार्ड नम्बर 42 –को पालपाड़ा इलाकाका 80 भन्दा अधिक आवश्यकमन्द मानिसहरूलाई लुगाफाट वितरण गरिन्। यस अवसरमा शिखा च्याटर्जीले भनिन्, पश्चिम बंगालमा दुर्गा पूजालाई एउटा महत्वपूर्ण तिहारको रूपमा पालन गर्ने गरिन्छ। हाल कोरोना महामारीले गर्दा धेरै परिवार आर्थिक समस्यासित जुझिरहेका छन्। यसैले विधायक शिखा च्याटर्जीले आज विधायक कोषबाट नानीहरू लगायत युवा तथा वृद्ध-वृद्धाहरूलाई नयाँ लुगाफाटा वितरण गरिन्। आगामी दिनमा पनि यस प्रकारको कार्यक्रमको आयोजना गरिने तिनले बताइन्। यस अवसरमा रूपेश सिंह, हिरा राय, परितोष राय, विकास बसाक लगायत अन्य भाजपा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *