सिक्किम भ्रमणमा आएका मन्त्री डा. राजकुमारलाई बाघडुग्रामा सिक्किम भाजपाद्वारा स्वागत

सिलगढी:  सिक्किमको भ्रमणमा आएका केन्द्रिय विदेश मामिला एवम् शिक्षा राज्यमन्त्री डा. राजकुमार रञ्जन सिंह आज बिहान बाघडुग्रा विमानस्थलमा आइपुगे। तिनीसँग तिनकी धर्मपत्नी श्रीमती देबाला देवी, एपीएस सेराम तोम्बी मैती अनि पीए पुङगामलुई दाङमई साथमा थिए। तीनदिने सिक्किम भ्रमणको निम्ति आएका केन्द्रिय राज्यमन्त्रीलाई बाघडुग्रा विमानस्थलमा आज सिक्किम भाजपा राज्य समितिका अध्यक्ष डीबी चौहान, सिक्किमका विधायक वाईटी लेप्चा, महासचिव सुदीप प्रधान, शिक्षा विभागीय संयुक्त निदेशक राप्गे भोटिया लगायत अन्य अधिकारीहरूले स्वागत जनाए। प्राप्त जानकारी अनुसार विमानमार्फत बाघडुग्रा आइपुगेपछि यहाँबाट तिनीहरू वाहनमा सवार भएर सोझै सिक्किम गान्तोक प्रस्थान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *