सिक्किम बोइज भेटरन च्याम्पियन

सिलगढी : मधुर मिलन संघ मिलन मोडद्वारा आयोजित भेटरन फुटबल प्रतियोगितामा सिक्किम बोइज भेटरन विजयी बन्यो। उक्त दुई दिने भेटरन अन्तर्राष्ट्रिय फुटबल टुर्नामेन्टको फाइनल खेलमा सिक्किम बोइज भेटरनले प्रधाननगर भेटरनलाई 3-1 गोलले पराजित गरेर दिवङ्गत सन्त बहादुर थापा स्मृति विजेता कप हत्यायो। यसैगरी, पराजित टोली सिलगढी प्रधाननगर भेटरनलाई साइली थापा स्मृति रनर ट्रफी प्रदान गरियो। 40 वर्षभन्दा अधिक उमेर पुगेका खेलाडीहरूमाझ खेलाइएको यस भेटरन फुटबल प्रतियोगितामा मोठ 16 वटा टोलीले अंश ग्रहण गरेको थियो। फाइनल खेलमा प्रमुख अतिथिका रूपमा शङ्कर अधिकारी, हेमन्त गौतम, बद्री प्रसाद शर्मा, लेनडुप भोटिया आदि उपस्थित थिए। विजेता टोली सिक्किम बोइजलाई ट्रफीको साथमा 10 हजार अनि उपविजेता प्रधाननगर टोलीलाई आकर्षक ट्रफी लगायत 5 हजार नगद राशि प्रदान गरियो। यसैगरी, यस प्रतियोगितामा विजेता टोलीका बलराम प्रधानलाई सर्वश्रेष्ठ गोलकिपर, सोनाम पालजोरलाई सर्वाधिक स्कोरर तथा म्यान अफ् द म्याच चयन गरेर ट्रफी प्रदान गरियो। अर्कोतिर, काकरीभिटा नेपाल भेटरन टोलीलाई फेयर प्ले ट्रफी प्रदान गरियो।    


Leave a Reply

Your email address will not be published. Required fields are marked *