सिक्किमे जनतालाई आपसी लडाई-झगडा नगरिदिने अजय एडवार्डसको आह्वान

दार्जिलिङ (निसं): सिक्किमे जनतालाई आपसमा लडाई-झगडा नगरिदिने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आह्वान गरेका छन्। पहाडको विभिन्न क्षेत्रहरूको भ्रमणमा निस्केको हाम्रो पार्टी अध्यक्ष एडवार्डसले सिक्किमको जनतालाई यो सङ्कटको घडीमा आपसमा लडाई झगडा नगर्ने आहवान गर्दै एकबद्ध हुने अनुरोध गरेका छन्। एडवार्डसले भने, हामी सिक्किमे जनताप्रति गर्व गर्छौ, तपाईंहरूको आफ्नै राज्य छ तर आज सिक्किमे नेपाली भाषीमाथि जो विदेशीको लाञ्छना लागेको छ, यो अति नै पिडादायक विषय हो। सिक्किमे नेपाली भाषीहरूमाथि लागेको विदेशीको लाञ्छनालाई लिएर दार्जिलिङवासी लगायत समस्त भारतीय नेपाली भाषी गोर्खाहरू आहत बनेका छौ। वर्तमान स्थितिमा सिक्किममा आफ्नै दाजु-भाइहरू माझ लडाई-झगडा, ढुङगा हाना-हान आदि जस्ता घटनाहरू बारे समाजिक सञ्जालहरूदेखि लिएर राष्ट्रीय न्यूज च्यानलहरूले देखाइरहेको छ, यो अति नै दुखको विषय हो। आज सिक्किममा जुन स्थिति सृजना भएको छ, यस्तो स्थिति दार्जीलिङ पहाडले सन् 1986 नै भोगेको हो। त्यस अवधि 12 सयभन्दा धेर मानिसहरू सहिद भएका थिए। हाम्रो पार्टी अध्यक्ष एडवार्डसले अझ भने, म तपाईहरूको सानो भाइ हो। मेरो सुझाउलाई चिन्तन र मनन गर्नुहोस्। आपसमा लडाई झगडा गरेर केही फाइदा हुनेवाला छैन। आज तपाईहरूले जुन मार्गमा हिडनु हुँदैछ, त्यो मार्गमा हामी अघिबाटै हिडिसकेका छौ तर त्यसले हामीलाई केही फाइदा भएन तर केवल नोक्सान मात्र भएको छ। सत्ता भनेको एक दिनको फुटबल म्याच हो तर जातीय मुद्दा भनेको जाति हितको निम्ति हो। आज सिक्किमे नेपाली भाषीमाथि जुन पीर र मर्का परेको छ,त्यसमाथि तपाईहरूले के-कस्ता कार्यहरू गर्दैछ भन्ने विषयमाथि सिक्किमे जनताले हेरिरहेको छ। त्यसकारण तपाईहरू आपसमा लडाई झगडा, हिलो छेपाई जस्ता कार्यहरू छोडेर जातिमाथि लागेको लाञ्छनालाई मेटाउने काम गर्नुहोस् भन्दै एडवार्डसले निवेदन गरेका छन्। सिक्किमलाई हामी माया गर्छौ, सिक्किमको एकतालाई हामी दार्जीलिङवासीले रम्फुदेखि यता के गर्न सक्छौ, त्यो हामी गर्नेछौ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *