सिक्किम ग्ल्यामर ब्युटी प्रतियोगिताको उप-विजेता चुनभट्टीकी श्वेता विश्वकर्मलाई सम्मान

खरसाङ (निसं): सिक्किम ग्ल्यामर ब्युटी प्रतियोगिताको उप विजेता बनेकी तीनधारेको चुनभट्टी निवासी श्वेता विश्वकर्मलाई सम्मान जनाइयो। चुनभट्टी निवासी पिता सुकमान शंकर र माता सुजता गजमेरकी सुपुत्री श्वेता विश्वकर्मलाई चुनभट्टीमा एउटा कार्यक्रमबीच स्थानीय गाउँवासी एवम् समाजद्वारा सम्मान जनाइयो। चुनभट्टीमा सम्पन्न उक्त सम्मान कार्यक्रमको अध्यक्षता संगीतकार रुपेस रसाईली गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रूपमा गीतकार एवम् तीनधारे चियाबारीका सह प्रबन्धक सुकुमार बराईली उपस्थित थिए। यसैगरी विशिष्ट अतिथिको रूपमा कुमार थापा र देवजीत मोदत उपस्थित थिए। कार्यक्रममा सिक्किम ग्ल्यामर ब्युटी प्रतियोगितामा उप विजेता बनेकी तीनधारेको चुनभट्टी निवासी श्वेता विश्वकर्मलाई सबैले खदा लगाइ दिएर सम्मान जनाए। श्वेता विश्वकर्मले प्राथमिक शिक्षा मेरी गोल्ड स्कुल चुनभट्टी अनि माध्यमिक तहको शिक्षा मिठाई डाँडा रेणुका कन्या उच्च विद्यालय तीनधारेमा अध्ययन गरेकी थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *