सिक्किम गवर्नर्स कप ब्याटमिनटन प्रतियोगिता सम्पन्न

गान्तोक: राजभवन सचिवालय अनि ब्याट्मिन्टम एसोसिएसन अफ् सिक्किमको सहयोगमा यहाँको राजभवनमा आयोजित गवर्नर्स कप ब्याटमिन्टन टुर्नामेन्टको फाइनल खेल आज सम्पन्न भयो। गान्तोकस्थित राजभवन ब्याटमिन्टन हलमा आयोजित गवर्नर्स कप ब्याटमिन्टन टुर्नामेन्टको फाइनल खेलमा राज्यपाल गङ्गा प्रसादको विशेष उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रुपमा मुख्यमन्त्री पीएस गोले साथै सांसद इन्द्र हाङ सुब्बा, मन्त्रीमण्डलका मन्त्रीगण अनि अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। आफ्नो छोटो सम्बोधनमा राज्यका राज्यपाल गङ्गा प्रसादले खेल अनि शिक्षाको आवश्यकता बारे आफ्नो मत प्रकाश पारे। साथै खेलद्वारा युवाहरुलाई अनुशासन अनि स्वास्थ्य जीवन जिउँने तथा यसको महत्वबारे प्रकाश पारे। ब्याटमिन्टन प्रतियोगिताको फाइनल खेलमा मिक्स डबलमा ज्याकब खालिङ राई र सुनन्दिता बिष्टको जोडी विजयी बन्यो भने छिरिङ एन ग्यात्सो र टासी छोडेन गुरुङको जोडी उप विजेता बन्यो। यसैगरी, पुरुष डबलमा छिरिङ एन ग्यात्सो र सुभाष तामाङको जोडी विजयी बन्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *