सिक्किमका वरिष्ठ नारी हस्ताक्षर विणाश्री खरेलको निधन, चिया कविताले गऱ्यो शोक प्रकट

सिलगढी : नेपाली साहित्यको वरिष्ठ नारी हस्ताक्षर विणाश्री खरेलको आकस्मिक निधनले साहित्य समाज मर्माहित बनेको छ। साहित्यकार विणाश्री खरेलको आज 66 वर्षको उमेरमा उपचारको क्रममा सिलगढीमा निधन  भएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार तिनी पछिल्लो केही समयदेखि हृदय रोगको कारण बिरामी थिइन्। सिक्किमबाट सञ्चालित चिया कविता कार्यक्रमकी वरिष्ठ स्तम्भको रूपमा 2014 सालदेखि सहयात्रा गर्दै आएकी साहित्यकार खरेलको निधनमा चिया कविता सिक्किमले शोक व्यक्त गर्दै सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ। चिया कविताका संयोजक प्रविण खालिङले साहित्यकार खरेलको निधन सिक्किमबाट साहित्य लेख्ने स्थापित सिमित साहित्यकारहरू बीचको एक वरिष्ठ हस्ताक्षरको निधन भनि बताएका छन्। उनको निधनले सिक्किमबाट लेखिने नेपाली साहित्यमा ठूलो क्षति हो भन्दै शोक मन्तव्य जारी गरेका छन्। नेपाली साहित्यलाई अहिलेसम्म 6-वटा मौलिक कृति र अनुवादको कोशेली पस्कीसकेकी साहित्यकार खरेल साँच्चै कर्मनिष्ठ साहित्यकारको रूपमा रहेको बताउँदै चिया कविताको पक्षबाट तिनको निधनमा चिया कवितालाई ठूलो क्षति भएको भन्दै समूहले एकजना इमान्दार अभिभावक गुमाउनु परेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *