सिक्किमका कार्डियोलोजिस्ट डा. सञ्जय उप्रेतीको उपचाराधीन अवस्थामा निधन

सिलगढी : सिक्किमका कार्डियोलोजिस्ट डा. सञ्जय उप्रेतीको उपचाराधीन अवस्थामा सिलगढीस्थित एउटा निजी नर्सिङ होममा आज बिहान 3 बजी निधन भयो। प्राप्त जानकारीअनुसार गत केही दिनअघि गान्तोकस्थित एसटीएनएम अस्पतालमा आएर एकजना व्यक्तिले सेनिटेरी एटेन्डेन्ट महिलालाई छुरीले प्रहार गर्दा तिनको बचाउ गर्न गएका डा. उप्रेतीमाथि पनि हमला गर्दा तिनी गम्भीर रूपमा घाइते भएपछि उपचारको निम्ति सिलगढीको मतिगढास्थित न्युटिया अस्पतालमा भर्ना गरिएको थियो। उक्त घटनामा डा. उप्रेतीसितै एसटीएनएम अस्पतालमा कार्यरत सेनिटेरी एटेन्डेन्ट महिला पनि गम्भीर रूपमा घाइते भएपछि तिनलाई पनि सिलगढी ल्याएपछि हाल उपचाराधीन अवस्थामा छन्। उक्त घटनापछि पुलिसले थिनले भुटिया नाम गरेको आरोपीलाई पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes