सिक्किमका डा. सञ्जय उप्रेती पञ्चतत्वमा विलीन

गान्तोक : एसटीएनएम अस्पतालमा गत केही दिन अघि एकजना व्यक्तिले छुरीले प्रहार गरेर गम्भीर रूपमा घाइते भएपछि उपचाराधीन अवस्थामा निधन भएका कार्डियोलोजिस्ट डा. सञ्जय उप्रेतीको आज अन्तिम संस्कार तिनकै पैतृकस्थल दक्षिण सिक्किमको मामरिङमा गरियो। हिन्दू रीति रिवाज अनुसार आज डा. उप्रेतीको शवलाई राज्य सम्मानद्वारा राष्ट्रिय झण्डा पहिराएर मामरिङ नदी किनारमा अन्तिम संस्कार गरियो। यस अवसरमा मृतक डा. उप्रेतीलाई श्रद्धाञ्जलि चढाएर अन्तिम विदाई दिन राज्यका मुख्यमन्त्री पीएस गोले पनि शवयात्रामा आइपुगेका थिए। यसको साथै सिक्किम राज्यका विभिन्न अस्पतालहरूमा कार्यरत चिकित्सकहरू, स्वास्थ्य अधिकारीहरू तथा तिनका शुभचिन्तकहरू अन्तिम विदाई दिन धेरै संख्यामा भेला भएका थिए। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *