सिक्किमका मुख्यमन्त्रीद्वारा फाँसीदेवाको हरि मन्दिरमा पहाडी माताको पुजा-अर्चना

फाँसीदेवा: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह गोले पहाडी माताको वार्षिक पुजामा सामेल भए। तिनले आज फाँसीदेवा ब्लक अन्तर्गत लेउसीपाकरी हरि मन्दिरमा पुजा-अर्चना गरे। पहाडी माता मन्दिरमा मुख्यमन्त्री प्रेम सिंह गोलेले राजस्थानका 9 र सिलगढीका 2 जना पुजारीहरूको साथमा लगभग 3 घण्टासम्म पुजा अर्चना गरे। मन्दिर कमिटीका सचिव सन्तोष कुमार रायले बताएअनुसार प्रत्येक वर्ष सिक्किमका मुख्यमन्त्री गोले यहाँ पुजा गर्न आउने गर्दछन्। आगामी 28 जुनको दिन तिनी पुनः यहाँ आएर पुजा समाप्त गर्नेछन् अनि नारायण सेवा, कुमारी पुजा लगायत विभिन्न कार्यक्रममा अंश ग्रहण पनि गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *