सिक्किमका मुख्यमन्त्री पीएस गोलेले अंश ग्रहण गरे दार्जिलिङको सेन्ट जोसेफ स्कुलको कार्यक्रममा

दार्जिलिङ (निसं) : सिक्किमका मुख्यमन्त्री पीएस गोले दार्जिलिङको प्रतिष्ठित सेन्ट जोसेफ स्कुलको एउटा कार्यक्रममा भाग लिन मुख्य अतिथिको रूपमा दार्जिलिङ आइपुगेका छन्। सिक्किमको मुख्यमन्त्री पीएस गोलेसित मन्त्री मण्डलका केही अन्य मन्त्रीहरू पनि आएका छन्। मुख्यमन्त्री गोले कुनै राजनैतिक कार्यक्रममा होइन तर अराजनैतिक रूपमा शैक्षिक कार्यक्रममा भाग लिनको लागि दार्जिलिङ आइपुगेका छन्। यस अवधि सिक्किमको मुख्यमन्त्री पीएस गोले र तिनको पुत्रलाई पनि स्कुलको पक्षबाट सम्मान गरिएको जानकारी प्राप्त भएको छ। सन्त जोसेफ स्कुलको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किमका मुख्यमन्त्रीले आज आफू कुनै राजनैतिक भ्रमणमा आएको होइन तर शैक्षिक कार्यक्रममा यस विद्यालयको पूर्व विद्यार्थीहरूको अभिभावकको रूपमा उपस्थित भएको र मलाई राजनैतिक रूपमा कुनै हस्तक्षेप गर्नु छैन भनी बताए। हाम्रो सिमाना केवल खोलाले मात्रै छुट्टाएको छ तर सामाजिक रूपमा आइपर्दा हामी सबै एकसाथ हुन्छौँ अनि एकाअर्कालाई सहयोग गर्छौं कारण हाम्रो लुगा लगाई, खानपान, बोली सबै एकै छ भनी तिनले बताए। मुख्यमन्त्री गोलेले सामाजिक रूपमा केही आवश्यक परे म मेरो व्यक्तिगत रूपमा सहयोग गर्न तयार छु भन्दै आफू मात्र नभएर सिक्किमे जनता पनि तयार रहेको बताए।

तिनले आफू पनि दार्जिलिङको सरकारी महाविद्यालय पढ़ेको कुराहरू र आफूले दार्जिलिङमा बिताएका पुराना दिनहरूको सम्झना गर्दै आफ्ना दुई छोराहरू यहीँ स्कुलमा पढेको बताए। तिनी धेरैपल्ट दार्जिलिङ आइरहेको कुरा उल्लेख गर्दै सन् 2019-मा सरकार बनाएर मुख्यमन्त्री बनेपछि भने आफू पहिलोपल्ट दार्जिलिङ आएको बताए। सिक्किमको मुख्यमन्त्री पीएस गोलेले आफ्नो सम्बोधनमा अघि भने- शिक्षा भनेको यस्तो चीज हो जुन किनेर पाउँदैनौँ अनि चोरेर पनि पाउँदैनौँ, यस्तो राम्रो शिक्षा नर्थ पोइन्ट स्कुलले दिइरहेको छ। जीवनमा असम्भव भन्ने केही हुँदैन तर तपाइँहरू कमिटमेन्ट गरेर अनुशासन र समर्पणको साथमा अघि बढ़िरहनुपर्छ। यहाँ पढ़ेका पूर्व विद्यार्थीहरू देशको विभिन्न ठाउँमा ठुल्ठुलो ओहोदामा पुगेका छन् साथै सिक्किमको पनि ठुल्ठुलो पदमा रहेका छन्। शिक्षा क्षेत्रमा यो स्कुलको योगदान महत्वपूर्ण रहेको छ अनि कोभिडको समयमा पनि यस स्कुलले आफ्नो हल नै प्रदान गरेर ठुलो सहयोग गरेको छ।तिनले अझ भने, मेरो लड़ाइँ कसैसित छैन, सैद्धान्तिक रूपमा लडाइँ हुनसक्छ तर पनि मेरो कसैसित दुश्मनी छैन।” तिनले आज एकै मञ्चमा बाबु छोरा अभिनन्दित हुनु पाउँदा खुशी लागेको र यो ऐतिहासिक दिन रहेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes