सिक्किमका राज्यपालले भेटे प्रधानमन्त्री मोदीलाई

गान्तोक : सिक्किमका राज्यपाल गङ्गाप्रसादले आज देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिल्लीस्थित तिनकै कार्यालयमा भेट गरे। प्रधानमन्त्रीको निमन्त्रणामा रहेका राज्यपाल गङ्गाप्रसादसँग भेट अवधि सिक्किमको वर्तमान परिस्थिति तथा यसको विविध विकास कार्यहरूलाई लिएर चर्चा गरिएको बताइएको छ। यस अवसरमा प्रधानमन्त्रीले विशेष सिक्किमको विभिन्न विकास कार्यहरूको निम्ति आफ्नो सरकारको तर्फबाट सक्दो सहयोग पुर्‍याउने आश्वासन दिएका छन्।


अर्कोतिर, यसभन्दा अघि सिक्किमका गभर्नर गङ्गा प्रसादले पूर्व प्रधानमन्त्री तथा भाजपाका शीर्ष नेता लाल कृष्ण आडवाणीसँग पनि तिनको निजी वासस्थानमा भेट गरेर स्वास्थ्यबारे जानकारी लिए। भेट अवधि आडवाणीलाई राज्यपालले सुस्वास्थ्य तथा दीर्घायुको कामना पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.