सिक्किमका शिक्षा मन्त्री कुङ्गा निमालाई उपचारको निम्ति लगियो दिल्ली

गान्तोक : सिक्किम राज्यका शिक्षा एवम् खेल मन्त्री कुङ्गा निमा लेप्चा अस्वस्थ भएका छन्। तिनलाई उपचारको निम्ति दिल्ली लगिएको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारीअनुसार मन्त्री कुङ्गा निमा अस्वस्थ भएपछि तिनलाई हिजो गान्तोकस्थित एसटीएनएम अस्पतालमा उपचारको निम्ति लगिएको थियो। यहाँबाट रेफर गरेपछि विमानमार्फत् सिलगढीको बाघडुग्रा हवाईअड्डा ल्याइपुर्‍याएपछि यहाँबाट फेरि अर्को विमानमा उपचारको निम्ति दिल्ली लगियो। मन्त्री निमालाई के-कस्तो रोग लागेको हो भन्नेबारे चिकित्सकहरूले अझसम्म खुलासा गरेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *