सिक्किमका सुभम शर्माको शव झुण्डिएको अवस्थामा लजबाट उद्धार

सिलगढी : न्यु जलपाईगढी स्टेशन नजिकमा रहेको एउटा लजमा एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति सिक्किम निवासी सुभम शर्माको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार सुभमले उक्त लजमा एउटा रूम भाँडामा लिएका थिए। लजका स्टाफहरूले धेर बेरदेखि सुभमको रूम बन्द रहेकोले सन्देह लागेर यसबारे एनजेपी पुलिसलाई खबर दिए। खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त रूमको ढोका भत्काएर रूमभित्र पस्दा घाटीमा पासो लगाएर झुण्डिरहेको अवस्थामा सुभमको शव उद्धार गरेको बताइएको छ। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *