सिक्किमकी डोमा डिकी भइन् पहिलो रनर्स अफ् मिस टीन शेर्पा 2020

सिलगढी : नेपालको राजधानी काठमाडौँमा सम्पन्न मिस टीन शेर्पा 2020 प्रतियोगितामा छिमेकी राज्य सिक्किमकी युवतीले पहिलो रनर्स अफ् सहित बेस्ट र्‍याम्प वक टाइटल जितेर देशकै नाम उच्च गरेकी छन्। प्राप्त जानकारीअनुसार काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा सम्पन्न भएको अन्तर्राष्ट्रिय मिस टीन शेर्पा 2020 प्रतियोगितामा पश्चिम सिक्किमको सोमबारे ओखरे निवासी सुश्री डोका डिकी शेर्पाले पहिलो रनर्स अफ् टाइटल जितेकी छन्।


यसको साथै उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा तिनले अन्य प्रतियोगीहरूलाई उच्छिन्नेर बेस्ट र्‍याम्प वक-को उपाधि समेत हत्याएकी छन्। तिनको उक्त उपलब्धिले परिवारलगायत सम्पूर्ण सिक्किमवासी औधी खुशी भएका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *