सिक्किमको मायाल ल्याङ बाल गृहलाई विधायक निरज जिम्बाद्वारा आर्थिक सहयोग

दार्जिलिङ (निसं): दार्जिलिङका विधायक निरज जिम्बाले आर्थिक सहयोग प्रदान गर्दै 51 हजार रुपियाँको चेक बाल गृहलाई प्रदान गरे। छिमेकी राज्य सिक्किम नाम्चीबाट दार्जिलिङ घुम्न आएका मायाल लयाङ बाल गृहका बाल-बालिका साथै बाल गृहका सञ्चालक अनि शिक्षकहरुसँग विधायक निरज जिम्बा अनि तिनको टोलीले हिज राज्यपाललाई भेटघाट गर्न गएको समय तिनीहरुसित दार्जिलिङको राजभवन परिसरमा भेट भएका थिए। यसैक्रममा विधायक जिम्बाले बाल गृहका सञ्चालकसँग जानकारी लिनको साथै बाल-बालिकाहरूसित पनि केही समय बिताए। यसबारे विधायक जिम्बाले भने, बाल गृह सञ्चालन गर्नु भनेको महान कार्य हो, यो भन्दा ठूलो कार्य अरु हुन सक्दैन।


यसैकारण सेवा अनि सहयोग गर्दा आफ्नो क्षेत्र अथवा अन्य क्षेत्र छुट्टाउनु हुँदैन। मेरो यो थोरै सहयोगले पनि बाल-बालिकाहरुलाई केही मद्दत हुन्छ। बाल-बालिकाहरू भनेको भविष्यका कर्णधार हुन्, उनीहरुलाई प्रोत्साहन दिनु तपाईं हामी सबैको कर्तव्य हो। सबैले निस्वार्थ भावनाले आफ्नो क्षमता अनुसार सहयोग पुर्याोउन पर्छ। म बाल गृहका सञ्चालक साथै सम्पूर्ण शिक्षकहरु प्रति आभारी छु। वहाँहरुले गर्नु भएको यो पुण्यको कार्य हो भनी विधायक निरज जिम्बाले बताएका छन् । अर्कोतिर, बाल गृहका सञ्चालकले आर्थिक सहयोग प्रदान गरेकोमा बाल गृहको तर्फबाट विधायक निरज जिम्बाप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *