गान्तोक : सिक्किमको सोरेङ जिल्लाअन्तर्गत रिन्चेनपोङ बजारस्थित विष्णु शर्माको काठको घर आगलागी हुँदा लाखौँ रुपियाँको क्षति भएको छ। उक्त आगलागीमा विष्णु शर्माको घर जलेर खरानी भएको छ भने छेउमा रहेको निम नामग्याल भोटियाको तीनतले घर र अशोक गौतमको घर पनि आगलागीको चपेटमा परेको छ। उक्त आगलागीमा कसैको ज्यानलाई कुनै क्षति नपुर्याए तापनि लाखौँ रुपियाँको क्षय-क्षति भएको बताइएको छ।

उक्त आगलागीमा सोनलालको भाँडा दोकानसहित गोदाम पूर्ण रूपमा नष्ट भएको छ भने ओङ्देन भोटियाको दोकान पनि जलेर खरानी भएको बताइएको छ। आगलागीको खबर पाएर पुलिस तथा अग्निशमन विभाग घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। के-कारणले गर्दा उक्त आगलागी भएको हो भन्नेबारे हालसम्म थाहा लागेको छैन।
