सिक्किमको सोरेङ नजिक सिङ्लिङको जङ्गलबाट नवजात शिशु उद्धार

गान्तोक : पश्चिम सिक्किमको सोरेङ नजिक सिङ्लिङको जङ्गलबाट एकजना नवजात शिशुलाई जन्माएर फालेको अवस्थामा उद्धार गरिएको छ। उक्त शिशु उद्धार गरेको खबर अहिले डढेलो झैँ सल्केर यस क्षेत्रमा चर्चाको विषय बनेको छ। प्राप्त जानकारीअनुसार सिङ्लिङको जङ्गलमा उक्त नवजात शिशु कन्या कसले अनि किन फाल्यो भन्ने कुरा अझसम्म थाहा नलागे तापनि यसबारे खोजबीन शुरू गरेको बताइएको छ। फेला परेको शिशु अहिले सोरेङ अस्पतालको अधीनमा रहेको छ भने शिशुको स्वास्थ्य राम्रो रहेको अस्पताल सूत्रले जनाएको छ। अर्कोतिर, सोरेङ पुलिसले घटनाको जानकारी पाएपछि यसलाई लिएर छानबीन शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *