सिक्किम कृषि विभागका अधिकारीहरूद्वारा फुलबारी ल्यान्ड पोर्टको निरीक्षण

राजगञ्ज : बङ्ग्लादेशलाई खाद्य उत्पादको निर्यात गर्ने उद्देश्य लिएर सिक्किम कृषि विभागका अधिकारीहरूले फुलबारी ल्यान्ड पोर्टको आज निरीक्षण गरे। सिक्किम कृषि विभागका अतिरिक्त निर्देशक, नोडल अधिकारीहरूले फुलबारी ल्यान्ड पोर्टको निरीक्षण गरे। यस अवसरमा सिक्किम कृषि विभागका नोडल अधिकारी जगदीश प्रकाश प्रधानले भने, सिक्किमबाट जैविक रूपमा उब्जाएको सुन्तला, ठुलो अलैँची, अदुवा लगायत अन्य केही उत्पादकहरू बङ्ग्लादेश निर्यात गर्ने उद्देश्य रहेको साथै बङ्ग्लादेशमा यी खाद्य उत्पादकहरूको निक्कै माग रहेको छ। यसैले फुलबारी ल्यान्ड पोर्टको एक्सपोर्ट सिस्टम र इन्फ्रास्ट्रक्चरको निरीक्षण गर्नको लागि आज यहाँ आइपुगेको तिनले बताए। सिक्किमका कृषक तथा निर्यातकहरूलाई यसबारे जानकारी गराउने तिनले बताए। विशेष गरेर फुलबारी सीमाको माध्यमद्वारा खाद्य सामग्रीको निर्यातको लागि अप्नाइएको प्रक्रियाबारे जानकारी लिनको लागि आफू यहाँ आएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *