सिक्किमलाई पराजित गरेर एपेक्स कालेबुङ दोस्रो चरणमा

सिलगढी : कुमार स्पोर्टिङ क्लब सिक्किम-लाई पराजित गरेर एपेक्स कालेबुङ पन्ध्रौँ सुकना गोल्डकप फुटबल टुर्नामेन्टको दोस्रो चरणमा प्रवेश गरेको छ। सुकना गेम्स् एन्ड स्पोर्ट्स एसोसिएसनको तत्वावधानमा आयोजित यस प्रतियोगिता अन्तर्गत आज मंगलबार खेलिएको रोमाञ्चक म्याचमा एपेक्स कालेबुङले कुमार स्पोर्टिङ क्लब सिक्किमलाई 1-0 गोलले पराजित गर्यो। आजको म्याच शुरू भएको 38औ मिनटमा एपेक्स कालेबुङका जण्डा खेलाडी अभिषेक तामाङले गरेको एक मात्र दर्शनीय गोलले नै अन्तमा आफ्नो टोलीलाई विजयी बनायो। आजको म्याचमा गोल गर्ने खेलाड़ी अभिषेकलाई प्रमुख अतिथिले पुरस्कार स्वरूप एक हजार रूपियाँद्वारा पुरस्कृत गरे।


आजको खेलमा एपेक्स कालेबुङका खेलाड़ी प्रवीण घिसिङ (जर्सी नम्बर 3) लाई म्यान अफ् द म्याच चयन गरेर प्रमुख अतिथिको बाहुलीबाट ट्रफी प्रदान गरियो। यसै प्रतियोगिता अन्तर्गत भोलि बुधवारको खेल शेर एफसी कालेबुङ बनाम आमुक्त परिवार सिलगढीमाझ जम्काभेट हुने भएको छ। आजको खेलमा प्रमुख अतिथिका रूपमा सिक्किमका पूर्व विधायक विक्रम प्रधान थिए भने अन्य अतिथिहरूमा राजद्वीप गुप्ता, अनुप देवान, डा. विरेन्द्र छेत्री, क्रिपेश थापा, श्रीजेश छेत्री, टीडब्ल्यु भोटिया, सुमन मुखिया, गोकुल छेत्री, दोर्जे तामाङ तथा ग्याल्छेन दोर्जी मोक्तान, विनोद तामाङ आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *