सिक्किममा 17 मईदेखि एक हप्ताको लागि पूर्ण लकडाउन

गान्तोक : कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङको अध्यक्षतामा आज एउटा उच्च स्तरीय बैठक गरियो। उक्त बैठकमा आगामी 17 मईदेखि राज्यभरिमै एक हप्ताको लागि 24 मईसम्म पूर्ण लकडाउन गर्ने निर्णय लिएको छ। यस लकडाउन अवधि दुध बोक्ने वाहन, एम्बुलेन्स र औषधी पसललाई भने छुट दिएको छ। यसको साथै कोभिडको खोप लगाउनेहरूलाई वाहन चलाउनमा पनि छुट दिएको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *