सिक्किममा बङ्गालका वाहनहरूलाई जरिमाना लगाउने गरेको आरोप लगाउँदै एसएनटी-का अधिकारीलाई ज्ञापन

सिलगढी : पश्चिम बङ्गालको वाहन चालकहरूलाई सिक्किम भित्रिन साथ जरिमाना तिर्नु परेको साथै पर्यटकहरूलाई होटलमा छोड्न जाँदा समेत चालकहरूलाई निक्कै समस्या भइरहेको गुनासो रहेको छ। तिनीहरूको भनाइ अनुसार बङ्गालका चालकहरूलाई सिक्किममा विविध जरिमाना लगाइरहेको छ भने यता सिलगढीमा सिक्किमका वाहनहरू निर्धक्क रूपमा गुडिरहेको छ। हिमालयन हस्पिट्यालिटी एन्ड टुरिज्म डेभलपमेन्ट नेटवर्क ती चालकहरूको सहयोगको लागि अघि आएको छ। उक्त संगठनका सदस्यहरूले आज सिक्किम नेशनलाइज ट्रान्सपोर्ट (एसएनटी)-का अधिकारीसित सिलगढीमा भेट गरेर एउटा ज्ञापन पत्र चढाए। संगठनका जयन्त मजुमदारले बताएअनुसार सिलगढीबाट पर्यटकहरू बोकेर गएको वाहन सिक्किमका होटलमा पर्यटकहरूलाई छोड्न जान पर्दछ। तर सिक्किम भित्रिएपछि पर्यटकहरूलाई होटलमा छोड्न जाँदा पश्चिम बंगालको वाहन देख्न साथ चालकहरूलाई जरिमाना लगाउने गर्दछ। ट्राफिक पुलिसको तर्फबाट विभिन्न कारण देखाएर चालकहरूबाट जरिमाना लिइने गरेको तिनीहरूको आरोप रहेको छ। यसले गर्दा पर्यटकहरूलाई पनि समस्या हुने गरेकोले आज संगठनको तर्फबाट एसएनटी-का अधिकारीसित भेट गरेर ज्ञापन पत्र चढाएको साथै सिक्किम सरकारलाई पनि यस सम्बन्धमा जानकारी गराएको तिनले बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *