सिक्किममा निर्माणाधीन विभिन्न योजनाहरूको मन्त्री एमएन शेर्पाद्वारा निरीक्षण

गान्तोक (निसं): सिक्किमको सोरेङ जिल्ला दरामदिन समष्टिमा विभिन्न योजना अन्तर्गत हाल निर्माणाधीन सप्रे नागीस्थित नयाँ पञ्चायत कार्यालय, ओख्रे गुम्बा अनि पावर ग्रेड स्थलहरुको क्षेत्रिय विधायक एवम् मन्त्री एमएन शेर्पाले आज स्थलगत निरीक्षण गरे। यस अवधि तिनीसँग सम्बन्धित विभागका अधिकारीहरू पनि साथमा थिए। खण्ड विकास अधिकारी ओङ्दी शेर्पा, सोरेङ ऊर्जा विभागका डिभिजन इञ्जीनियर दिपक शर्मा अनि पावर ग्रीड अधिकारीको उपस्थितिमा मन्त्रीले बजारलाई वृक्षारोपण र सौन्दर्यीकरण अनि दरामदिन निर्वाचन क्षेत्रको पावर ग्रीड सव-स्टेसनसँगै विभिन्न योजनाहरुको विषयमा सम्बन्धित अधिकारीसँग कुराकानी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *