सिक्किममा प्राकृतिक आपदा: एनजेपी स्टेशनमा फँसे पर्यटक तथा श्रमिकहरू

सिलगढी (निसं): सिक्किममा प्राकृतिक आपदाले गर्दा टिस्टा नदीको जलस्तर बढेपछि व्यापक क्षति पुर्‍याएको छ भने सिलगढी-सिक्किम राष्ट्रिय राजमार्ग 10 पूर्ण रूपमा बन्द रहेको छ। आपदाको प्रभाव पर्यटन उद्योगमा पनि परेको छ। सिलगढी-सिक्किम बीच सबै सार्वजनिक तथा निजी बस सेवाहरू आज बिहानदेखि बन्द रहेकोले गर्दा सिलगढी फर्किने पर्यटक, श्रमिक यात्रीहरू समस्यामा परेका छन्। एनजेपी स्टेशनमा पनि केही पर्यटक, श्रमिक तथा यात्रीहरू फँसेका छन्। ससाना वाहनहरूले यात्रीहरूलाई वैकल्पिक मार्ग भएर लैजानको लागि दुई गुणा अधिक भाडा वसुली रहेको छ। तथापि, केही मानिसहरूको लागि यो सम्भव भए तापनि श्रमिकहरूले अतिरिक्त भाडा दिन नसकेपछि हाल तिनीहरू स्टेसनमा फँसेका छन्। केही मानिसहरू आवश्यक कामले सिक्किम जानको लागि आज सिलगढी आइपुगेका थिए। तर बिहानैदेखि आपदाको खबर सुनेर तिनीहरू चिन्तित छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *