सिक्किम रिनकबाट दुईजना नाबालक निखोज

सिलगढी : पूर्व सिक्किम अन्तर्गत पर्ने रिनक आरिटारबाट हालै 2 जना नाबालक निखोज भएका छन्। प्राप्त जानकारीअनुसार रिनक आरिटारका 2 जना नाबालक क्रमैले 14 वर्षीय कर्मा लोडे र 11 वर्षीय सोनम भुटिया गत 30 दिसम्बरदेखि पूर्व सिक्किमको आरिटारबाट हालसम्म बेपत्ता भएका छन्। पारिवारिक सूत्रले दिएको जानकारीअनुसार कर्मा लोडेको उचाइँ लगभग 5 फिट 4 इञ्च तथा हेर्नमा गहुँगोरो वर्णका छन् भने हराएको समय तिनले सेतो रङ्गको जम्पर लगाएका थिए। यसैगरी, 11 वर्षीय सोनम भुटिया हेर्नमा गहुँगोरो तथा उचाइँ 4 फिट 8 इञ्च रहेको बताइएको छ। हालसम्म धेरै खोजबिन गर्दा पनि हराएको नाबालकहरू नभेट्टाइएकोले तिनका परिवारका माता-पिता लगायत सदस्यहरू औधी चिन्तामा परेका छन्। यदि कसैले यी नाबालकहरूलाई फेला पारे तत्कालै जानकारी गराइदिने परिवार पक्षले सबैसित विनम्र अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *