सिक्किम सिङलिङलाई पराजित गरेर बियाफ्रा एफसी कोलकाता सेमिफाइनलमा प्रवेश

पेशोक (निसं): इन्डिपेन्डेन्ट ब्रदर्स स्पोर्टिङ क्लबको पहलमा पेशोकको गार्लाङ फुटबल स्टेडियममा आयोजना भइरहेको जीटीए गोल्डकप फुटबल टुर्नामेन्ट अन्तर्गत आजको अति नै रोमाञ्चक तेस्रो क्वार्टर फाइनल म्याचमा सिक्किम सिङलिङलाई पराजित गरेर बियाफ्रा एफसी कोलकाता सोमिफाइनलमा प्रवेश गरेको छ।


निर्धारित समयसम्म दुवै टोलीले एक-एक गोल गरेपछि अन्तमा खेलाइएको रोमाञ्चक ट्राइब्रेकरमा बियाफ्रा एफसी कोलकाता विजयी बनेको छ। आजको खेलमा म्यान अफ द म्याच सिक्किम सिङलिङका 7 नम्बर खेलाडी अविनाश राईलाई चयन गरेर ट्रफी प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *