शीला बनिन् बोज्यू, रोयल बंगाल टाइगर कीकाले बच्चा जन्माएपछि बंगाल सफारीमा खुशीको माहौल

सिलगढी (निसं): सिलगढीको सालुगढा नजिकमा रहेको बंगाल सफारी पार्कमा लामो पर्खाइ पछि नयाँ पहुनाको आगमनले खुशीको माहौल देखा परेको छ। बंगाल सफारी पार्कको मादा रोयल बंगाल टाइगर शीला बोज्यू बनेकी छन्। गत 12 जुलाईको दिन शीलाको छोरी सेतो रोयल बंगाल टाइगर कीकाले बच्चा जन्माएको छ।आमा-नानी दुवै हाल स्वस्थ रहेको बताइएको छ। बंगाल सफारी पार्कका डाक्टरहरूको टोलीले आमा-नानी दुवै माथि नजर राखीरहेको छ। तर अहिलेलाई पार्क प्रबन्धनले कीका र त्यसको नानीलाई पर्यटकहरूदेखि टाढामा राखेका छन्। स्मरण रहोस, वर्ष 2015 मा मादा रोयल बंगाल टाइगर शीलाले तीनवटा शावक इका, रिका र कीका जन्माएको थियो। यी मध्ये रिकाको मृत्यु भएको थियो। यसपछि कीका आमा शीलासित खेल्दै हुर्कीएको थियो। शीलाले दोस्रो पल्ट वर्ष 2020 को 9 अगस्तको दिन 5 वटा शावक जन्माएको थियो, जसमध्ये एउटा बच्चाको मृत्यु भएको थियो। हाल शीला आफ्नो चारवटा बच्चाहरूसित एनक्लोजरमा रहेको छ। कीकाले बच्चा जन्माएपछि अब बंगाल सफारी पार्कमा रोयल बंगाल टाइगरको संख्या 9 वटा पुगेको छ। यस विषयमा बंगाल सफारी पार्कका डायरेक्टर कमल सरकारले भने, कीकाले गत 12 जुलाई पहिलो पल्ट बच्चा जन्माएको छ। आमा-बच्चा दुवै स्वस्थ छ। डाक्टरहरूको एउटा टीमले 24 घन्टै आमा-बच्चा दुवैको निगरानी गरिरहेको छ। हाल दुवै आमा-बच्चालाई पर्यटकहरूदेखि टाढामा राखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *