सिलगढीको विभिन्न ठाउँमा ईद पालन

सिलगढी : सिलगढीको विभिन्न ठाउँमा आज ईद पालन गरियो। देशभरिमा झैँ यता सिलगढीमा पनि आज धुमधामको साथमा ईद-उल-फितर मनाइयो। सिलगढीको कञ्चनजङ्घा स्टेडियममा 8 देखि 80 सम्मका मुस्लिम सम्प्रदायका मानिसहरूले नमाज पढेपछि एका-अर्कालाई आलिङ्गन गरेर ईदको शुभकामना दिए।


एक महिनासम्म रोजा राखेपछि मुस्लिम सम्प्रदायका मानिसहरूले आज ईद-उल-फितर मनाए। कोरोना महामारीले गर्दा लगभग 2 वर्षपछि आज ईदको अवसरमा धेरै संख्यामा मुस्लिम सम्प्रदायका मानिसहरूले कञ्चनजङ्घा स्टेडियममा नमाज पढे। ईद शान्तिपूर्ण ढङ्गमा पालन गरोस् भन्ने उद्देश्य लिएर कञ्चनजङ्घा स्टेडियम लगायत सिलगढीको धेरै ठाउँहरूको पुलिसले कठोर सुरक्षा व्यवस्था अप्नाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *