सिलगढीमा आग्नेयास्त्रसहित 5 जना पक्राउ

सिलगढी : खालपाड़ा आउटपोस्ट पुलिसले आग्नेयास्त्रसहित 5 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा बिजय साहनी (5 नम्बर वार्ड महराज कोलनी), सनी पासवान (20 नम्बर वार्ड ज्योति नगर), रतनेश पासवान (20 नम्बर वार्ड ज्योति नगर), राकेश घोष (टिकियापाड़ा) र करण महतो (टिकियापाड़ा) निवासी सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार यी 5 जना युवकहरू खालपाड़ा अन्तर्गत इलाकामा डकैती गर्ने उद्देश्य लिएर जम्मा भएका थिए। घटनाको खबर पाएर खालपाड़ा आउटपोस्ट पुलिसले सेतो पोशाकमा अभियान चलाएर यी 5 जना युवकलाई पक्राउ गरेको बताइएको छ। पुलिसले तिनीहरूबाट एउटा बन्दूक, एक राउण्ड जिउँसो कार्तुस, 2 वटा हतियार लगायत अन्य सामग्रीहरू उद्धार गरेको छ। आज सबै आरोपीलाई सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको छानबीन शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *