सिलगढीमा चित्राङ्कन प्रतियोगिताको आयोजना

सिलगढी : पूवाली सेनगुप्त स्मृति संस्थाको तर्फबाट सिलगढी इन्डोर स्टेडियममा बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गरियो। यस प्रतियोगिताको सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यले विधिवत् रूपमा उद्घाटन गरे। मोठ सात विभागमा आयोजित उक्त प्रतियोगितामा लगभग 2 हजार 37 जना प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। यसको साथै उक्त प्रतियोगितामा शारीरिक अनि मानसिक रूपले कमजोर विद्याथीहरूले पनि अंश ग्रहण गरेका थिए। यस अवसरमा 29 नम्बर वार्ड पार्षद शरदिन्दु चक्रवर्ती, 27 नम्बर वार्डका पार्षद प्रशान्त चक्रवर्तीलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *