सिलगढीमा लकडाउनको उल्लङ्घन गरेको आरोपमा केही मानिसहरू हिरासतमा

सिलगढी : राज्यभरिमै आज लकडाउन जारी छ। आज बिहानैदेखि पुलिसले सिलगढी सहरका विभिन्न ठाउँहरूमा अभियान चलाइरहेको छ। लकडाउनलाई सफल बनाउने उद्देश्य लिएर पुलिसले सहरभरि नै कठोर नजरदारी गरिहेको छ।  प्रधाननगर थानाका आईसी शुभाशीष चाक्कीको नेतृत्वमा पुलिसले आज रेगुलेटेड मार्केट, चम्पासरीदेवीडाङ्गा लगायत विभिन्न इलाकामा अभियान चलाएर बिना काम घरबाट बाहिर निस्केका मानिसहरूलाई हिरासतमा लिएको छ। प्रधाननगर पुलिसले आज बिहानैदेखि अभियान चलाएर लकडाउनको उल्लङ्घन गरेको आरोपमा 22 जना मानिसहरूलाई हिरासतमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *