सिलगढीमा उखरमाउलो गर्मीले मानिसहरूको अवस्था बेहाल

सिलगढी : गत दुई दिनदेखि अधिक घाम लागेकोले गर्मी बढेपछि जन-जीवन अस्त-व्यस्त बन्न पुगेको छ। गर्मीको कारण सिलगढी, जलपाईगढी लगायत उत्तरबंगालका विभिन्न इलाकाका मानिसहरूको अवस्था बेहाल बन्न पुगेको देखियो। अत्याधिक गर्मीको कारण सिलगढी सहरका सड़कहरू आज दिनभरि जसो सुनसान देखियो। बिहानको समय तापमान केही कम्ती रहे तापनि दिन छिप्पिँदै जाँदा तापक्रम झन् बढेर गयो। यसैले गर्दा अन्य दिनको तुलनामा आज सिलगढी सहरमा मानिसहरूको भीड़ कम्ती देखियो। सहरमा मानिसहरूले गर्मीबाट राहत पाउनको लागि नरियलको पानी, निम्बु पानी आदि जस्ता पेय पदार्थहरू पिइरहेको देखियो। यसबाहेक सिलगढीको विभिन्न ट्राफिक प्वाइन्टमा कार्यरत पुलिसकर्मीहरू पनि आज अधिक गर्मीले गर्दा बेहाल अवस्था रह्यो भने तिनीहरूले बारम्बार आफ्नो माक्स हटाएर पानीले अनुहार धुइरहेको पनि देखियो। यसैगरी, जलपाईगढी सहरमा पनि आज अन्य दिनहरूको तुलनामा मानिसहरूको भीड़ कम्ती देखियो। मौसम विभागअनुसार आउँदो 48 घण्टासम्म निक्कै गर्मी हुनेछ। यसको साथै हाल पानी पर्ने सम्भावना नरहेको तथा आउँदो दुई दिनसम्म गर्मी अझ बढेर जाने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *